काठमाडौं /  भारतमा कोरोना संक्रमण दर घट्दै गएको छ । दोस्रो लहरको संक्रमणमा हटस्पट’ बनेको भारतमा संक्रमणसँगै मृतकको संख्या पनि घट्दै गएको हो 

पछिल्लो २४ घण्टाभित्र ४३ हजार २९६ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख नाघेको छ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा ९ सय ४७ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ४ लाख नाघेको छ। संक्रमितमध्ये २ करोड ६५ लाखभन्दा बढी निको भइसकेका छन् भने पाँच लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४५ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ८ हजार संक्रमित थपिएका छन् भने ९६ जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ८७ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ५४ हजारभन्दा बढी संक्रमित थपिँदा १६ सय ३१ को मृत्यु भएको छ।