बिर्तामोड(एजेन्सी) / नाइजेरियाको काडुना राज्यमा बन्दुकधारीले १४० जना विद्यार्थीलाई अपहरण गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार देशको उत्तर–पश्चिमी क्षेत्रको काडुना शहरमा रहेको विद्यालयबाट बन्दुकधारीले विद्यार्थीलाई अपहरण गरेका हुन् । 

OM Sai Pathibhara Hospital

जारियाबाट ८० किलोमिटर दक्षिण–पश्चिममा रहेको काडुना शहरमा रहेको विद्यालयबाट बालबालिकाको सामूहिक अपहरणको घटना सोमबार सार्वजनिक भएको हो। फिरौतीका लागि पछिल्लो समय नाइजेरियामा विद्यालय तथा विश्वविद्यालयसहितका स्थानबाट अपहरणका घटना हुने गरेको छ। 

ठूलो सङ्ख्यामा मोटरसाइकलमा आएका हतियारधारीले विद्यालयको पर्खाल तोडेर विद्यार्थीलाई अपहरण गरेका हुन्। एक शिक्षिकासहित २६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

हतियारधारीले विद्यार्थीहरूलाई जङ्गल तर्फ लगेका हुन्। विद्यालयमा कुल १८० विद्यार्थी रहेको अहिलेसम्म २० जनामात्रै सम्पर्कमा छन्।