काठमाडौं / चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सयौँ वर्षको अवसरमा चीनले ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ आयोजना गर्ने भएको छ । पार्टीले  स्थापनाको एक सयौँ वर्षगाँठमा उत्सवको रुपमा मनाउने क्रममा नेपालसहित विश्वका राजनीतिक दलका नेताहरूको सम्मेलन आयोजना गर्ने भएको हो ।

सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सि जिनपिङले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने भएका छन् । त्यसपछि नेपालसहित विश्वका नेताहरूले पठाएको भिडियो सन्देश प्रसारण गरिने बताईएको छ ।

OM Sai Pathibhara Hospital

सम्मेलनको कार्यक्रम नेपाली समय अनुसार मंगलबार साँझ ६ बजेपछि सुरु हुने जनाईएको छ । श्रव्यदृश्य माध्यमबाट कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत सहभागी हुने भएका छन्।