काठमाण्डौ / अफगानिस्तानको बदख्शां प्रान्तमा सरकारी फौज र तालिबान लडाकुबीच भीषण लडाइँ हुदाँ २० तालिबानको मृत्यु भएको छ।
लडाइँमा थप १० जना तालिबानी लडाकु र ५ जना सुरक्षाकर्मी घाइते भएका छन्।
अफगानिस्तानमा रहेको गठबन्धन सेनाको क्याप्टेन अब्दुल रजाकले लडाइँमा तीन जना सैनिक मारिएको बताएका छन्।
स्थानीयले तालिबानले पछिल्लो चौबीस घण्टामा तगाब, किशिम, ताशकन र सहर–ए–बुजुर्गको मुख्यालय कब्जा गरेको बताएका छन्।