बिर्तामोड / भारतको पन्जाबस्थित गुरुदासपुरमा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।

घटनामा दुई जना घाइते भएका छन् ।गुरुदासपुरको बल्लरवाल गाउँमा दुई समूहबीचको झगडामा गोली चलेको हो ।

OM Sai Pathibhara Hospital

यो घटनापछि स्थानीय आतंकित भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।