भारत(एजेन्सी) आज बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । मोदीले दोस्रो कार्यकालमा पहिलोपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

मंगलबार चार राज्यको राज्यपाल परिर्वतन गरिएपछि मन्त्रिमण्डल विस्तारको चर्चा थप चुलिएको थियो । नयाँ मन्त्रालय ‘मिनिस्ट्री अफ कोअपरेसन’ बनाइएपछि त मन्त्रिमण्डल विस्तार हुने पक्कापक्की बनेको थियो । बुधबार दूरदर्शन न्यूजले ट्वीट गर्दै साँझ ६ बजे शपथको समय तोकिएको जानकारी दिएपछि सबै अनुमानमा विराम लाग्यो ।

भारतीय मिडियाका अनुसार सत्ता समीकरणमा ध्यानमा राख्दै मन्त्रिमण्डल विस्तार गर्न लागिएको छ । हालसम्म २४ जनाको नाम फाइनल भएको दैनिक भास्करले उल्लेख गरेको छ ।

बीबीसी हिन्दीका अनुसार केन्द्रीय मन्त्रिमण्डलमा हाल ५० भन्दा धेरै मन्त्री रहेका छन् । लोकसभा सिटअनुसार क्याबिनेट ८१ सदस्यसम्म बनाउन सकिनेछ । त्यही भएर करिब २ दर्जन नयाँ मन्त्रीहरू थपिने अनुमान गरिएको छ ।

मन्त्रीहरूको सूची
१. बी एल वर्मा

२. पशुपति नाथ पारस

३. अनुप्रिया पटेल

४. नारायण राणे

५. भूपेंद्र यादव

६.  शांतनु ठाकुर

७. कपिल पाटिल

८. मीनाक्षी लेखी

९. राहुल कसावा

१०. अश्विनी वैष्णव

११.  रामनाथ ठाकुर

१२. विनोद सोनकर

१३. पंकज चौधरी

१४. आरसीपी सिंह 

१५. दिलेश्वर कामत

१६. चंद्रेश्वर प्रसाद चंद्रवंशी 

१७.  सर्वानंद सोनेवाल

१८. राजकुमार रंजन

१९. ज्योतिरादित्य सिंधिया

२०. अजय मिश्रा

२१. हिना गावित

२२. शोभा करंदलाजे

२३. अजय भट्ट

२४. प्रीतम मुंडे