एजेन्सी / कोरोना संक्रमण फैलिएसँगै जर्मनीले नेपाल सहित पाँच देशका नागरिकको यात्रामा लगाएको प्रतिबन्ध बुधवारबाट हटाउने भएको छ । नेपाल, बेलायत, पोर्चुगल, रुस र भारतका नागरिकमा लागु गरिएको प्रतिबन्ध हटाइने भएको हो। 

यात्रामा प्रतिबन्ध लागेका पाँच देशलाई कोरोनाको डेल्टा भेरियन्ट र डेल्टा प्लस भेरियन्ट फैलिएका कारण भाइरस भेरियन्ट क्षेत्रका रूपमा वर्गीकरण गरिएको थियो ।  

OM Sai Pathibhara Hospital

कोरोना विरुद्धको खोप प्राप्त गरेका नागरिक जर्मनी पुगेपछि क्वरेण्टीनमा बस्नु नपर्ने भएको छ  खोप नलगाएका नागरिकले १० दिनसम्म क्वारेन्टाईन बस्नु पर्ने र पाँचौँ दिनमा परीक्षण गर्दा संक्रमण मुक्त भएको आएमा क्वारेन्टाईन बाहिर आउन मिल्ने जनाईएको छ 

पाँच राष्ट्रलाई ''हाइ इन्सिडेन्स एरियाज'', सङ्क्रमितहरूको सङ्ख्या उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको एक निकायले जानकारी दिएको छ