काठमाण्डौ / यूएईको गोल्डेन भिसा पाउने पहिलो नेपाली नागरिक डा. रविन्द्रकुमार यादव बन्न सफल भएका छन्। युएईमा आठ वर्ष देखि कार्यरत रहेका यादवले यूएईले प्रदान गर्ने सुनौलो भिसा अन्तर्गत १० वर्षे गोल्डेन भिसा मङ्गलवार पाएका हुन् ।
सन् २०१३ मा यूएईको अलएनको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका यादव आबुधाबीको रिम आइल्यान्डमा रहेको बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत छन् । यादव भारतको कुटानियस सर्जन, भारतीय प्रसाधनिक चर्म विज्ञान सोसाइटीको आजीवन सदस्य, अमेरिकन एकेडेमी एस्थेटिक मेडिसिनको वार्षिक सदस्य र अमेरिकन एकेडेमी डर्माटोलोजीको अन्तर्राष्ट्रिय फोकलपर्सन हुन् ।
संयुक्त अरब इमिरेट्स ( यूएई ) सरकारले केही महिनादेखि विशेष
व्यक्ति र पेसामा आबद्ध गैर नागरिकलाई गोल्डेन भिसा दिन सुरु गरेको छ । यूएईले
डाक्टर, शिक्षक,
शिक्षिका,
वैज्ञानिक,
व्यावसायिक
व्यक्तित्व, कलाकार तथा यूएईलाई विशेष योगदान दिँदै आएका व्यक्तिलाई
गोल्डेन भिसा दिन सुरु गरेको हो ।
काठमाण्डौ रहेको यूएई दूतावासको अनुरोधमा नेपाली बिजनेस काउन्सिलले २८ जना नेपालीको आवेदन सिफारिस गरेको काउन्सिलले जानकारी दिएको छ ।






































