विदेश

    Showing 1,451-1,460 of 2,133 items.
  • हुरी र चट्याङ लागी आसाममा २३ जनाको मृत्यु, दर्जनौं घाइते

    एजेन्सी / भारतको आसाम राज्यमा हुरी र चट्याङले कम्तीमा २३ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि भएको भीषण वर्षासंगै परेको चट्याङ्ग र हुरीले २३ नागरिकको ज्यान गएको हो ।आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार चट्याङ र हुरीले दर्जनौँ व्यक्ति घाइते भएका छन् ।यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबार देखिको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 196 पटक पढिएको
  • दक्षिण अफ्रिकामा बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ४४३ पुग्यो

    एजेन्सी / दक्षिणमा अफ्रिकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४४३ पुगेको छ ।समाचार संस्था रोयटर्सका अनुसार क्वाजुलु-नातान प्रान्तमा बाढीले तबाही मच्चाएको हो । उक्त प्रान्तमा केही दिनदेखि भारी वर्षा भएको थियो । बाढी र पहिरोमा परी लाखौं मानिस विस्थापित भएका छन् भने पानी र बिजुलीको आपूर्ति अवरूद्ध भएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बाढी पहिरोका कारण साउदी अरबको भ्रमण पर सारेको राष्ट्रपति कार्यालयले जनाएको छ ।प्रान्तका प्रिमियर सिह्ले जिकालालाले उक्त क्षेत्रमा अहिलेसम्मकै धेरै पानी परेकाले बाढी, पहिरो आएको बताएका छन् ।मौसमविद्हरूले आइतबारसम्म

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 169 पटक पढिएको
  • किन गर्यो त ? अमेरिकाले युक्रेनलाई हतियार सहयोग यस्तो छ कारण

    एजेन्सी / युक्रेनमा युद्ध चर्किँदै जाँदा अमेरिका र उसका साझेदारहरूले युक्रेनलाई हातहतियार दिएर सहयोग गरिरहेका छन् । पूर्वी युरोपका कतिपय मुलुकले सोभियतकालका ट्यांक, इन्फ्यान्ट्री फाइटिङ भेहिकल, एपीसी र आर्टिलरी लगायतका हतियार युक्रेनलाई दिइरहेका छन् । तर यस्ता हतियारहरू युक्रेन पुग्नेबित्तिकै नष्ट हुने गरेको छ । युक्रेनमा किन यसरी हतियार नष्ट गराइँदैछ ?अमेरिकाले पूर्वी युरोपका साझेदारहरूको सेनालाई गैरसोभियतीकरण गर्नका लागि युक्रेन युद्धलाई उपयोग गरिरहेको छ । त्यसरी पूर्वी युरोपका मुलुकहरूबाट सोभियत हतियार सकिएपछि अमेरिकाले आफ्नो हतियार बेच्न पाउनेछ । पूर्वी युरोपेली मुलुकहरूको ह

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 168 पटक पढिएको
  • उत्तर कोरियाले गर्यो जापानको समुद्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार

    एजेन्सी  / उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ २ वटा क्षेप्यास्त्र प्रहार गरेको छ । करिब ११० किलोमिटर (६८ माइल) दूरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले आइतबार जनाएको छ । दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको पछिल्लो परीक्षण प्रक्षेपणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका छन् ।

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 174 पटक पढिएको
  • बाढी पहिरोमा परि दक्षिण अफ्रिकामा ४ सय जनाको मृत्यु , दसौं हजार मानिस अलपत्र

    एजेन्सी / दक्षिण अफ्रिकाको बाढी  पहिरोमा परेर ४ सय जना मानिसको मृत्यु भएको छ । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रका दसौं हजार अलपत्र परेका छन् । बाढीले अस्पताल सडकमा क्षति पुर्याएको  छ ।बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका हुन् । दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ ।  बाढीपछि उद्धार कार्य तीव्र पारिएको जनाइएको छ ।

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 182 पटक पढिएको
  • भारतबाट गहुँ खरिद गर्दै इजिप्ट

    एजेन्सी / युक्रेन र रुसको गहुँमा निर्भर रहँदै आएको इजिप्टले  भारतबाट गहुँ खरिद गर्ने भएको छ । युक्रेनमाथि रुसी हमलापछि त्यहाँको गहुँ उत्पादन र बिक्रीको सञ्जाल नै अवरुद्ध भएका कारण इजिप्टले भारतबाट गहुँ खरिद गर्न लागेको हो । इजिप्टका अधिकारीहरू मध्य प्रदेश, पञ्जाब र महाराष्ट्रको भ्रमण गरी गहुँ उत्पादनबारे निरीक्षण गरेका थिए । उनीहरूले गुणस्तर, भण्डारण र निर्यातको परिमाणबारे पनि बुझेका थिए ।भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश हो । भारतले १ करोड टन गहुँ निर्यात गर्ने क्षमता राखेको त्यहाँको खाद्य मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 151 पटक पढिएको
  • युक्रेनको राजधानी किभ वरपर ९ सय सर्वसाधारणको शव फेला

    एजेन्सी / रुस र युक्रेनको युद्धका क्रममा युक्रेनको राजधानी शहर किभ वरपर ९ सय सर्वसाधारणको शव फेला परेको  छ । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रमा सो सङ्ख्यामा सर्वसाधारणको शव फेला परेको प्रहरी प्रमुखले बताएका छन् । २४ फेब्रुअरीमा रुसले युक्रेनमा हमला गरेपछि लाखौँ सर्वसाधारण देश छोडेर विभिन्न मुलुकमा शरण लिन बाध्य भएका हुन् । विश्व समुदायले युद्ध रोकेर शान्तिवार्ता गर्न दुवै देशलाई आग्रह गरे पनि सहमति हुन सकिरहेको छैन । 

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 169 पटक पढिएको
  • सर्वसाधारणलाई राहत : पञ्जाबका प्रत्येक घरमा ३ सय युनिट बिजुली निःशुल्क

    एजेन्सी / पञ्जाबमा १ जुलाईदेखि प्रत्येक घरले ३ सय युनिट सम्म निःशुल्क  बिजुली पाउने भएका छन् ।  आम आदमी पार्टीको सरकारले शनिबार ३ सय युनिट सम्म बिजुली निःशुल्क दिने घोषणा गरेको हो   । भगवन्त मान नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा सर्वसाधारणलाई राहत दिन यस्तो घोषणा गरिएको हो । पञ्जाब सरकारले यसै घोषणातर्फ संकेत गर्दै मुख्यमन्त्री भगवन्त मानले मंगलबार राज्यका जनतालाई छिट्टै  खुसीको खबर’ दिने बताएका थिए । 

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 177 पटक पढिएको
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने युद्धका क्रममा २० हजार रुसी सेनाको मृत्यु

    एजेन्सी / युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेन युद्धका क्रममा १९ हजारदेखि २० हजार रुसी सेनाको मृत्यु भएको बताएका छन् । जेलेन्स्कीले सीएनएनलाई दिएको जानकारी अनुसार रुसी सेनाको ठूलो क्षती भएको बताएका हुन् । यस्तै युद्धमा २५०० देखि तीन हजार युक्रेनी सेनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । यता मस्कोले भने १३५१ जना रुसी सेनाको मृत्यु भएको तथ्यांक राखेको छ । जेलेन्स्कीले सीएनएनलाई दिएको जानकारी अनुसार १० हजार सेना घाइते भएका छन् । 

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 177 पटक पढिएको
  • चिनका राष्ट्रपति सी र साउदी राजकुमार बिन सलमानबीच शुक्रबार फोनवार्ता

    एजेन्सी / चिनियाँ राष्ट्रपति सी चिनफिङ र साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानबीच शुक्रबार फोनवार्ता भएको छ ।वार्ताको क्रममा उनीहरूबीच ऊर्जा क्षेत्रमा उच्च स्तरीय सहकार्य बढाउने सहमति भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । मर्निङ पोस्टका अनुसार युक्रेनमा रुसले आक्रमण गरेसँगै विश्व बजारमा बढेको इन्धनको मूल्यको विषयमा पनि उनीहरूको बीचमा कुराकानी भएको थियो । वार्ताको क्रममा चिनियाँ राष्ट्रपतिले पछिल्लो समय साउदी अरेबियासँग विकास हुँदै गएको सम्बन्धलाई आफूले प्राथमिकता दिएको बताएका थिए ।साथै उनीहरूको बीचमा ऊर्जा, व्यापार, उच्च प्रविधि, यातायात र पूर्वाधारलगायतका सहकार्य बढाउँदै लै

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 170 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.