एजेन्सी / पञ्जाबमा १ जुलाईदेखि प्रत्येक घरले ३ सय युनिट सम्म निःशुल्क  बिजुली पाउने भएका छन् ।  आम आदमी पार्टीको सरकारले शनिबार ३ सय युनिट सम्म बिजुली निःशुल्क दिने घोषणा गरेको हो   । 

भगवन्त मान नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा सर्वसाधारणलाई राहत दिन यस्तो घोषणा गरिएको हो । पञ्जाब सरकारले यसै घोषणातर्फ संकेत गर्दै मुख्यमन्त्री भगवन्त मानले मंगलबार राज्यका जनतालाई छिट्टै  खुसीको खबर’ दिने बताएका थिए ।