एजेन्सी / युक्रेनमा युद्ध चर्किँदै जाँदा अमेरिका र उसका साझेदारहरूले युक्रेनलाई हातहतियार दिएर सहयोग गरिरहेका छन् । 

पूर्वी युरोपका कतिपय मुलुकले सोभियतकालका ट्यांक, इन्फ्यान्ट्री फाइटिङ भेहिकल, एपीसीआर्टिलरी लगायतका हतियार युक्रेनलाई दिइरहेका छन् । 
तर यस्ता हतियारहरू युक्रेन पुग्नेबित्तिकै नष्ट हुने गरेको छ । युक्रेनमा किन यसरी हतियार नष्ट गराइँदैछ ?

OM Sai Pathibhara Hospital

अमेरिकाले पूर्वी युरोपका साझेदारहरूको सेनालाई गैरसोभियतीकरण गर्नका लागि युक्रेन युद्धलाई उपयोग गरिरहेको छ । त्यसरी पूर्वी युरोपका मुलुकहरूबाट सोभियत हतियार सकिएपछि अमेरिकाले आफ्नो हतियार बेच्न पाउनेछ । 
पूर्वी युरोपेली मुलुकहरूको हतियार टी–७२बीएमपी युक्रेनी सैनिकहरूलाई दिएपछि अब उनीहरूले अमेरिकाबाट एम१ अब्राम्स वा स्ट्राइटकर हतियार किन्नेछन् । अनि पूर्वी युरोपेलीहरूले दिएको एस–३०० को ठाउँमा पेट्रियट मिसाइल ब्याट्री राखिनेछ । 

त्यसैले यो युद्ध अमेरिकाको हतियार उद्योगका लागि वरदान साबित भइरहेको छ । यो युद्ध जति लम्बिन्छ पूर्वी युरोपेलीहरूले एसयू–२७मिग–२९ जस्ता विमान युक्रेनलाई दिनेछन् । त्यसपछि अमेरिकाले पूर्वी युरोपलाई एफ–३५एफ–१५ विमानहरू बच्नेछ