एजेन्सी / दक्षिण अफ्रिकाको बाढी  पहिरोमा परेर ४ सय जना मानिसको मृत्यु भएको छ । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रका दसौं हजार अलपत्र परेका छन् । बाढीले अस्पताल सडकमा क्षति पुर्याएको  छ ।

बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका हुन् । 
दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ ।  बाढीपछि उद्धार कार्य तीव्र पारिएको जनाइएको छ ।