एजेन्सी / युक्रेन र रुसको गहुँमा निर्भर रहँदै आएको इजिप्टले  भारतबाट गहुँ खरिद गर्ने भएको छ । युक्रेनमाथि रुसी हमलापछि त्यहाँको गहुँ उत्पादन र बिक्रीको सञ्जाल नै अवरुद्ध भएका कारण इजिप्टले भारतबाट गहुँ खरिद गर्न लागेको हो ।

इजिप्टका अधिकारीहरू मध्य प्रदेश, पञ्जाब र महाराष्ट्रको भ्रमण गरी गहुँ उत्पादनबारे निरीक्षण गरेका थिए । उनीहरूले गुणस्तर, भण्डारण र निर्यातको परिमाणबारे पनि बुझेका थिए ।

OM Sai Pathibhara Hospital

भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश हो । भारतले १ करोड टन गहुँ निर्यात गर्ने क्षमता राखेको त्यहाँको खाद्य मन्त्रालयले जनाएको छ ।