एजेन्सी  / उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ २ वटा क्षेप्यास्त्र प्रहार गरेको छ । करिब ११० किलोमिटर (६८ माइल) दूरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले आइतबार जनाएको छ ।

दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको पछिल्लो परीक्षण प्रक्षेपणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका छन् ।