एजेन्सी / युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेन युद्धका क्रममा १९ हजारदेखि २० हजार रुसी सेनाको मृत्यु भएको बताएका छन् । जेलेन्स्कीले सीएनएनलाई दिएको जानकारी अनुसार रुसी सेनाको ठूलो क्षती भएको बताएका हुन् । यस्तै युद्धमा २५०० देखि तीन हजार युक्रेनी सेनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

यता मस्कोले भने १३५१ जना रुसी सेनाको मृत्यु भएको तथ्यांक राखेको छ । जेलेन्स्कीले सीएनएनलाई दिएको जानकारी अनुसार १० हजार सेना घाइते भएका छन् ।