एजेन्सी / भारतको आसाम राज्यमा हुरी र चट्याङले कम्तीमा २३ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि भएको भीषण वर्षासंगै परेको चट्याङ्ग र हुरीले २३ नागरिकको ज्यान गएको हो ।

आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार चट्याङ र हुरीले दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबार देखिको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।