एजेन्सी / चिनियाँ राष्ट्रपति सी चिनफिङ र साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानबीच शुक्रबार फोनवार्ता भएको छ ।
वार्ताको क्रममा चिनियाँ राष्ट्रपतिले पछिल्लो समय साउदी अरेबियासँग विकास हुँदै गएको सम्बन्धलाई आफूले प्राथमिकता दिएको बताएका थिए ।
साथै उनीहरूको बीचमा ऊर्जा, व्यापार, उच्च प्रविधि, यातायात र पूर्वाधारलगायतका सहकार्य बढाउँदै लैजाने सहमति भएको थियो ।






































