एजेन्सी / चिनियाँ राष्ट्रपति सी चिनफिङ र साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानबीच शुक्रबार फोनवार्ता भएको छ ।

वार्ताको क्रममा उनीहरूबीच ऊर्जा क्षेत्रमा उच्च स्तरीय सहकार्य बढाउने सहमति भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
 मर्निङ पोस्टका अनुसार युक्रेनमा रुसले आक्रमण गरेसँगै विश्व बजारमा बढेको इन्धनको मूल्यको विषयमा पनि उनीहरूको बीचमा कुराकानी भएको थियो । 

OM Sai Pathibhara Hospital

वार्ताको क्रममा चिनियाँ राष्ट्रपतिले पछिल्लो समय साउदी अरेबियासँग विकास हुँदै गएको सम्बन्धलाई आफूले प्राथमिकता दिएको बताएका थिए ।

साथै उनीहरूको बीचमा ऊर्जा, व्यापार, उच्च प्रविधि, यातायात र पूर्वाधारलगायतका सहकार्य बढाउँदै लैजाने सहमति भएको थियो ।