एजेन्सी / दक्षिणमा अफ्रिकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४४३ पुगेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार क्वाजुलु-नातान प्रान्तमा बाढीले तबाही मच्चाएको हो । उक्त प्रान्तमा केही दिनदेखि भारी वर्षा भएको थियो । बाढी र पहिरोमा परी लाखौं मानिस विस्थापित भएका छन् भने पानी र बिजुलीको आपूर्ति अवरूद्ध भएको छ । 

OM Sai Pathibhara Hospital

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बाढी पहिरोका कारण साउदी अरबको भ्रमण पर सारेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रान्तका प्रिमियर सिह्ले जिकालालाले उक्त क्षेत्रमा अहिलेसम्मकै धेरै पानी परेकाले बाढी, पहिरो आएको बताएका छन् ।

मौसमविद्हरूले आइतबारसम्म फेरि पानी पर्न सक्ने पूर्वानुमान गरेका छन् । फेरि पानी पर्ने कुराले आफन्त र घरबार गुमाएकाहरूमा चिन्ता थपिएको छ ।