एजेन्सी / रुस र युक्रेनको युद्धका क्रममा युक्रेनको राजधानी शहर किभ वरपर ९ सय सर्वसाधारणको शव फेला परेको  छ ।

रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रमा सो सङ्ख्यामा सर्वसाधारणको शव फेला परेको प्रहरी प्रमुखले बताएका छन् । २४ फेब्रुअरीमा रुसले युक्रेनमा हमला गरेपछि लाखौँ सर्वसाधारण देश छोडेर विभिन्न मुलुकमा शरण लिन बाध्य भएका हुन् ।

OM Sai Pathibhara Hospital

विश्व समुदायले युद्ध रोकेर शान्तिवार्ता गर्न दुवै देशलाई आग्रह गरे पनि सहमति हुन सकिरहेको छैन ।