विदेश

    Showing 1,201-1,210 of 2,133 items.
  • इरानमा हमासका राजनीतिक प्रमुख हानियाको हत्या

    काठमाडौं–हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्या भएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्डले यसको पुष्टि गरेको छ । तेहरानमा उनको घरलाई लक्षित गरी भएको विष्फोटमा हमास प्रमुख हानिया र उनका एक अंगरक्षकको ज्यान गएको हो । हमासले पनि यसको पुष्टि गरेको छ । हमासले आफ्ना नेता इस्माइल हानियाको इरानको तेहरानमा ‘हत्या’ भएको उल्लेख गरेको छ । हानिया सन् २०१९ देखि प्यालेस्टाइन बाहिर बस्दै आएक थिए । यसअघि उनी कतारमा लुकेर बसेको बताइएको थियो । इस्माइल हानिया सन् २०१७ देखि हमासको प्रमुख राजनीतिक नेता थिए । हमासको सर्वोच्च निर्णय गर्ने निकाय शुरा काउन्सिलले उनलाई २०२१ मा चार वर्षको कार्यकालका लागि पुन: निर

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 401 पटक पढिएको
  • वायनाड बाढीपहिरो : १५१ जनाको मृत्यु, २२० जना बेपत्ता

    काठमाडौं– भारत, केरलाको वायनाडमा भारी वर्षाका कारण अहिलेसम्म १५१ जनाको मृत्यु भएको छ । घाइते ११६ जनाको उपचार भइरहेको छ । भारतीय अधिकारीहरूका अनुसार २२० भन्दा बढी व्यक्ति बेपत्ता छन् ।  उद्धारका लागि सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन् । सेनाले राति अबेरसम्म भग्नावशेषबाट १ हजार जनाको उद्धार गरेको छ । रातिको समयमा उद्धार रोकिएको थियो । बिहानैदेखि फेरि सुरु भएको हो । उद्धारमा वायुसेनाका दुईवटा हेलिकप्टर पनि पठाइएको थियो । तर वर्षाका कारण उनीहरू कोझिकोड फर्किनुपरेको थियो । लगातारको वर्षाका कारण कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धीले आफ्नो वायनाड भ्रमण र

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 444 पटक पढिएको
  • दुर्घटनापछि भारतमा रेल सेवा प्रभावित

    काठमाडौं–भारत, झारखण्डको सरायकेला–खरसावनमा आज बिहान मुम्बई–हावडा मेल दुर्घटना भएपछि केही रेलहरू रद्द भएका छन् । मेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।केही रेलको आवतजावत तत्कालका लागि रोकिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।  हावडा–मुम्बई मेल एक्सप्रेसको कोच लिगबाट खसेपछि त्यसको छेउमा रोकिएको मालवाहक गाडीसँग ठोक्किएको थियो ।  दुर्घटनाका कारण केही रेललाई अन्य रुटबाट पनि डाइभर्ट गरिएको छ । रद्द भएका रेहरूमा २२८६१ हावडा–कान्तबाजी एक्सप्रेस, ०८०१५/१८०१९ खड़गपुर धनबाद एक्सप्रेस र १२०२१र१२०२२ हावडा बारबिल एक्सप्रेस समावेश छन् । 

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 423 पटक पढिएको
  • १३ बालबालिकाको मृत्युपछि नेतान्याहुले भने : ठूलो मूल्य चुकाउनुपर्छ

    काठमाडौं–इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउनेमा एकजना किशोर रहेका छन् । इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको बताएको छ । तर हिजबुल्लाहले इजरायली सेनाको यो दाबीलाई अस्वीकार गरेको छ । इजरायली सेनाले माजदल शाम्सको ड्रुज सहरमा रकेट प्रहार भएको जानकारी गराएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस हमलाको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 446 पटक पढिएको
  • मतभेदका बीच राष्ट्रपति बाइडेनसँग इजरायली प्रधानमन्त्रीको भेट

    काठमाडौं–इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।यसअघि बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त सभालाई सम्बोधन पनि गरेका थिए ।ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेन र बेन्जामिन नेतन्याहुले गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्षबीचको मतभेदलाई समाधान गर्ने विषयमा कुराकानी गरेको बताएको छ ।अमेरिकी कांग्रेसलाई सम्बोधन गरेपछि नेतान्याहुले बाइडेनलाई भेटेका हुन् ।हजारौं प्यालेस्टिनी समर्थकहरूले नेतान्याहुको भाषणको क्रममा भवन बाहिर विरोध प्रदर्शन गरेका थिए । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि नेतान्याहुलाई भेटेकी छन् । ह्यारिसले

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 353 पटक पढिएको
  • अमेरिकी संसदमा नेतान्याहुले भने : हाम्रो युद्ध तिम्रो युद्ध, हाम्रो जित तिम्रो जित

    काठमाडौं–विरोधकाबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गरे ।कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, ‘हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन् ।’ नेतान्याहुले थप्दै भने, ‘जब हामी इरानसँग लड्छौं, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौँ ।’उनले सांसदहरूसँग भने, ‘हाम्रो युद्ध तिम्रो युद्ध हो र हाम्रो जित तिम्रो जित हो ।’ धेरैजसो रिपब्लिकन नेताहरूले नेतान्याहुलाई न्यानो स्वागत गरे, तर कांग्रेसका दर्जनौं डेमोक्रेटिक नेताहरू त्यहाँ उपस्थित

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 468 पटक पढिएको
  • इथियोपिया पहिरो : २२९ जनाको शव निकालियो

    काठमाडौं–इथियोपियाको गोफाको पहाडी क्षेत्रमा परेको भारी वर्षापछि दुईवटा पहिरो खसेका छन् । दक्षिणी इथियोपियामा दुईवटा पहिरोमा परी मारिएका २२९ जनाको शव अहिलेसम्म निकालेको स्थानीय अधिकारीले बीबीसीलाई बताए ।गोफा क्षेत्रका प्रशासक डग्मावी आयलेका अनुसार मृतकहरूमा वयस्क र बालबालिका दुवै छन् । घाइते १० जनाको अस्पतालमा उपचार भइरहेको छ ।आइतबार भारी वर्षाका कारण पहिरो गएको डग्मावीले बताए । सोमबार प्रहरी अधिकारी र आसपासका मानिसहरू खोजी तथा उद्धार कार्यमा जुटेका बेला दोस्रो पटक पहिरो खसेपछि उनीहरु पनि माटोमुनि पुरिएका हुन् । गोफा प्रकोप व्यवस्थापनका प्रमुख मार्कोस मोलासेले पनि अहिलेसम्म २२९ शव निकालिएक

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 443 पटक पढिएको
  • क्रोएसियाको नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु, कैयौं घाइते

    काठमाडौं–क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आक्रमणपछि देशमा बन्दुक नियन्त्रणमा कडाइ गर्न माग गर्न थालिएको छ । पूर्वी सहर दारुवरको एक नर्सिङ होममा भएको गोलीकाण्डमा एक कर्मचारी सहित पाँच जनाको मृत्यु भएको थियो भने अर्का एक जनाको पछि अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार आक्रमणमा परी कैयौं घाइते भएका छन् भने चार जनाको अवस्था चिन्ताजनक छ ।क्रोएसियाली मिडियाका अनुसार आक्रमणकारी हमलापछि घटनास्थलबाट भागेका थिए, पछि क्याफेबाट पक्राउ परेका हुन् । उनको साथबाट हतियार समेत बरामद गरिएको छ । क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिकले गोली प्रहारबाट आफू स

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 479 पटक पढिएको
  • तेस्रो कार्यकालको पहिलो बजेट ल्याउँदै मोदी सरकार

    काठमाडौं–भारतमा संसदको मनसुन अधिवेशन सुरु भएको छ । अर्थमन्त्री निर्मला सीतारमणले आज संसदमा बजेट प्रस्तुत गर्दैछिन् । सोमबार अर्थमन्त्री सीतारमणले आर्थिक सर्वेक्षण २०२३/२४ प्रस्तुत गरेकी थिइन् ।आर्थिक सर्वेक्षणमा भारतको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) २०२४/२०२५ मा करिब सात प्रतिशतको दरले बढ्ने अनुमान छ । यससँगै आर्थिक वर्ष २०२४/२५ मा मुद्रास्फीति ४ दशमलव ५ प्रतिशतले घटेर आर्थिक वर्ष २०२५/२६ मा ४ दशमलव १ प्रतिशत पुग्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ ।बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षपछि लगातार तेस्रो पटक सरकार आएको र तेस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गर्ने बताए

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 535 पटक पढिएको
  • बंगलादेश हिंसा : ११५ जनाको मृत्यु, सर्वोच्च अदालतले घटायो आरक्षण

    काठमाडौं–बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरमा ५६ प्रतिशत आरक्षण दिने ढाका उच्च अदालतको निर्णयलाई खारेज गरेको छ । अदालतले आइतबार आरक्षणलाई ५६ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा पुर्याएको हो । यसमध्ये स्वतन्त्रता सेनानीका परिवारले ५ प्रतिशत आरक्षण पाउनेछन्, जुन पहिले ३० प्रतिशत थियो । बाँकी २ प्रतिशत जातीय अल्पसंख्यक, तेस्रोलिङ्गी र अपाङ्गता भएकाहरूलाई समावेश गरिएको छ । सर्वोच्च अदालतले योग्यताका आधारमा ९३ प्रतिशत रोजगारी दिन भनेको छ ।बंगलादेश सरकारले सन् २०१८ मा विभिन्न वर्गका लागि ५६ प्रतिशत आरक्षण खारेज गरेको थियो । तर यस वर्षको जुन ५ मा त्यहाँको उच्च अदालतले सरकारको निर्णयलाई उल्टाउँदै आरक्ष

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 565 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.