काठमाडौं–इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउनेमा एकजना किशोर रहेका छन् । 

इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको बताएको छ । तर हिजबुल्लाहले इजरायली सेनाको यो दाबीलाई अस्वीकार गरेको छ । इजरायली सेनाले माजदल शाम्सको ड्रुज सहरमा रकेट प्रहार भएको जानकारी गराएको छ । 

OM Sai Pathibhara Hospital

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस हमलाको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुन सक्ने खत्तरा देखिएको छ ।