काठमाडौं–भारत, झारखण्डको सरायकेला–खरसावनमा आज बिहान मुम्बई–हावडा मेल दुर्घटना भएपछि केही रेलहरू रद्द भएका छन् । 

मेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

केही रेलको आवतजावत तत्कालका लागि रोकिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।  

हावडा–मुम्बई मेल एक्सप्रेसको कोच लिगबाट खसेपछि त्यसको छेउमा रोकिएको मालवाहक गाडीसँग ठोक्किएको थियो ।  

दुर्घटनाका कारण केही रेललाई अन्य रुटबाट पनि डाइभर्ट गरिएको छ । 

रद्द भएका रेहरूमा २२८६१ हावडा–कान्तबाजी एक्सप्रेस, ०८०१५/१८०१९ खड़गपुर धनबाद एक्सप्रेस र १२०२१र१२०२२ हावडा बारबिल एक्सप्रेस समावेश छन् । 

१८११४ बिलासपुर टाटा एक्सप्रेस राउरकेलामा रोकिएको छ । १८१९० एर्नाकुलम टाटा एक्सप्रेस चक्रधरपुर र १८०११ हावडा चक्रधरपुर एक्सप्रेस आगरामा रोकिएको छ । 

दुर्घटनामा घाइते भएकाहरुलाई चक्रधरपुर लगिएको छ । बाँकी यात्रुलाई बसमार्फत गन्तव्यमा पुर्‍याउने प्रयास भइरहेको छ ।