काठमाडौं–हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्या भएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्डले यसको पुष्टि गरेको छ । तेहरानमा उनको घरलाई लक्षित गरी भएको विष्फोटमा हमास प्रमुख हानिया र उनका एक अंगरक्षकको ज्यान गएको हो । हमासले पनि यसको पुष्टि गरेको छ ।

OM Sai Pathibhara Hospital

हमासले आफ्ना नेता इस्माइल हानियाको इरानको तेहरानमा ‘हत्या’ भएको उल्लेख गरेको छ । हानिया सन् २०१९ देखि प्यालेस्टाइन बाहिर बस्दै आएक थिए । यसअघि उनी कतारमा लुकेर बसेको बताइएको थियो ।

इस्माइल हानिया सन् २०१७ देखि हमासको प्रमुख राजनीतिक नेता थिए । हमासको सर्वोच्च निर्णय गर्ने निकाय शुरा काउन्सिलले उनलाई २०२१ मा चार वर्षको कार्यकालका लागि पुन: निर्वाचित गरेको थियो । संगठनमा उनलाई चुनौती दिने अरु कोही नहुँदा उनी निर्विरोध निर्वाचित भएका हुन् ।