काठमाडौं–विरोधकाबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गरे ।

कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, ‘हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन् ।’ नेतान्याहुले थप्दै भने, ‘जब हामी इरानसँग लड्छौं, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौँ ।’

OM Sai Pathibhara Hospital

उनले सांसदहरूसँग भने, ‘हाम्रो युद्ध तिम्रो युद्ध हो र हाम्रो जित तिम्रो जित हो ।’ धेरैजसो रिपब्लिकन नेताहरूले नेतान्याहुलाई न्यानो स्वागत गरे, तर कांग्रेसका दर्जनौं डेमोक्रेटिक नेताहरू त्यहाँ उपस्थित भएनन् ।

सम्बोधनका क्रममा इजरायलका प्रधानमन्त्रीले पनि चर्को विरोधको सामना गर्नुपरेको छ । मानिसहरूले नेतान्याहुलाई युद्ध अपराधी भन्दै ब्यानर बोकेर विरोध गरेका छन् । नेतन्याहुको सम्बोधनमा अवरोध गर्ने पाँच जनालाई क्यापिटल भवनभित्रबाट पक्राउ गरिएको छ ।