काठमाडौं–भारतमा संसदको मनसुन अधिवेशन सुरु भएको छ । अर्थमन्त्री निर्मला सीतारमणले आज संसदमा बजेट प्रस्तुत गर्दैछिन् । सोमबार अर्थमन्त्री सीतारमणले आर्थिक सर्वेक्षण २०२३/२४ प्रस्तुत गरेकी थिइन् ।

आर्थिक सर्वेक्षणमा भारतको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) २०२४/२०२५ मा करिब सात प्रतिशतको दरले बढ्ने अनुमान छ । 

OM Sai Pathibhara Hospital

यससँगै आर्थिक वर्ष २०२४/२५ मा मुद्रास्फीति ४ दशमलव ५ प्रतिशतले घटेर आर्थिक वर्ष २०२५/२६ मा ४ दशमलव १ प्रतिशत पुग्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षपछि लगातार तेस्रो पटक सरकार आएको र तेस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गर्ने बताए ।

उनले यो बजेटलाई अमृतकालको महत्वपूर्ण बजेट भनेका छन् । बजेटले आगामी पाँच वर्षको कामको दिशा तय गर्नुका साथै २०४७ मा विकसित भारतको सपनाको जग बसाल्ने दाबी पनि मोदीको छ ।