काठमाडौं–क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आक्रमणपछि देशमा बन्दुक नियन्त्रणमा कडाइ गर्न माग गर्न थालिएको छ । 

पूर्वी सहर दारुवरको एक नर्सिङ होममा भएको गोलीकाण्डमा एक कर्मचारी सहित पाँच जनाको मृत्यु भएको थियो भने अर्का एक जनाको पछि अस्पतालमा मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार आक्रमणमा परी कैयौं घाइते भएका छन् भने चार जनाको अवस्था चिन्ताजनक छ ।

क्रोएसियाली मिडियाका अनुसार आक्रमणकारी हमलापछि घटनास्थलबाट भागेका थिए, पछि क्याफेबाट पक्राउ परेका हुन् । उनको साथबाट हतियार समेत बरामद गरिएको छ । 

क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिकले गोली प्रहारबाट आफू स्तब्ध भएको बताएका छन् । उनले देशमा बन्दुकसम्बन्धी नियम ‘अझै कडा’ बनाउने पनि बताएका छन् । 

राष्ट्रपति मिलानोभिकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो एक गम्भीर चेतावनी हो र सबै संस्थाहरूलाई समाजमा हिंसा रोक्नको लागि थप कार्य गर्न आह्वान हो ।’

प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले यसलाई भयानक आक्रमण भनेर वर्णन गर्दै पीडितहरूप्रति समवेदना व्यक्त गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारी एक पूर्व सैनिक हुन् ।