काठमाडौं–इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।

यसअघि बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त सभालाई सम्बोधन पनि गरेका थिए ।

OM Sai Pathibhara Hospital

ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेन र बेन्जामिन नेतन्याहुले गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्षबीचको मतभेदलाई समाधान गर्ने विषयमा कुराकानी गरेको बताएको छ ।

अमेरिकी कांग्रेसलाई सम्बोधन गरेपछि नेतान्याहुले बाइडेनलाई भेटेका हुन् ।

हजारौं प्यालेस्टिनी समर्थकहरूले नेतान्याहुको भाषणको क्रममा भवन बाहिर विरोध प्रदर्शन गरेका थिए । 

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि नेतान्याहुलाई भेटेकी छन् । ह्यारिसले गाजामा भइरहेको मृत्युप्रति गम्भीर चिन्ता व्यक्त गरेको भनिएको छ । 

नेतान्याहुले आगामी महिनाहरूमा वर्तमान मुद्दाहरूमा राष्ट्रपति बाइडेनसँग काम गर्न आतुर रहेको प्रतिकृया दिएका छन् । 

गाजा युद्ध सुरु भएको ९ महिना पुगेको छ । युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा नेतान्याहुमाथि धेरै दबाब भएपनि इजरायलले कारबाही रोकेको छैन ।