समाज

    Showing 9,691-9,700 of 11,162 items.
  • इन्टरपोलको रेड नोटिसबाट फरार बिनु शाक्य पक्राउ

    काठमाडौं — वैदेशिक रोजगारी ठगी लगायतका मुद्दामा इन्टरपोलको रेड नोटिस जारी भएकी सिन्धुपाल्चोककी बिनु शाक्य पक्राउ परेकी छिन्। कम्बोडियाको एनसीबी प्नोम पेन्हको समन्वयमा उनलाई पक्राउ गरी आइतबार नेपाल फिर्ता ल्याइएको हो।बिनु शाक्यले सिंगापुरमा रोजगारी दिलाइदिन्छु भनी ४० भन्दा बढी व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेर फरार रहेकी थिइन्। नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपछि गत माघ १९ गते उनी र उदयपुरका सुजन आचार्यविरुद्ध रेड नोटिस जारी भएको थियो।अन्तर्राष्ट्रिय स्तरमा खोजी गरी २०८१ असोज १ गते कम्बोडियामा पक्राउ परेका उनीहरूमध्ये सुजनलाई कात्तिक ९

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 309 पटक पढिएको
  • भाइटीका मनाउन नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु

    कपिलवस्तु—भाइटीका मनाउन भारतबाट नेपाल फर्किँदै गरेको कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पञ्जाब नम्बर पीबी १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बसबीच ठक्कर खाँदा कपिलवस्तु बाणगङ्गा नगरपालिका-९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका-६ का अनिल सापकोटाको निधन भएको हो।आज बिहान भारतको बलरामपुरस्थित पचपेडवा थानाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिँदै, दुर्घटनामा बेल्बासेकी पत्नी शारदा बेल्बासे, बाणगङ्गा नगरपालिका-४ जितपुरका टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 426 पटक पढिएको
  • सगरमाथाबाट घाइते जापानिज पर्यटकको उद्धार

    काठमाडौं–विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट ५८ वर्षीय जापानिज नागरिक मिट्सुगु शिशिडोको घाइते अवस्थामा उद्धार गरिएको छ। उनलाई सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शिशिडो बिहीबार दिउँसो ३ बजे खुम्बु भ्रमणमा हिँड्ने क्रममा लडेका थिए। रातको समयमा छुकुमबाट खुम्ब्युलापास फर्कने क्रममा उनी बाटो बिर्सेर अन्यत्र पुगेका थिए।उनको उद्धार प्रहरी र स्थानीयले मिलेर गरेका थिए। लडेर घाइते भएका शिशिडोको टाउको, अनुहार, र खुट्टामा सामान्य चोट लागेको छ। उद्धार पछ

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 522 पटक पढिएको
  • महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती: नेपाली साहित्यमा अमूल्य योगदान

    काठमाडौं–आज नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती स्वदेश र विदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। विसं १९६६ कात्तिक कृष्ण औँसीमा जन्मिएका देवकोटाले नेपाली साहित्यलाई सयभन्दा बढी कृतिहरू प्रदान गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूलो योगदान गर्नुभएको छ।उहाँको खण्डकाव्य 'मुनामदन' नेपाली भाषाको सबैभन्दा धेरै बिक्री भएको पुस्तक हो, जसमा मानवतावाद, प्रकृतिप्रेम, र क्रान्तिकारिता झल्किन्छ। देवकोटा केवल तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य र एक दिनमै ‘कुञ्जिनी’ लेख्नसक्ने प्रतिभाका धनी थिए।उहाँले शिक्षा तथा स्वायत्त शासनमन्त्रीको रूपमा नेपालभर न

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • 575 पटक पढिएको
  • कञ्चनपुरमा खैराे हेराेइनसहित दुई जना पक्राउ

    काठमाडौं–कञ्चनपुरमा ११८ ग्राम ३६ मिलिग्राम लागुऔषध खैराे हेराेइनसहित दुई जनालाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय पुनर्वासको संयुक्त टोलीले पुनर्वास नगरपालिका-३ को आईबीआरडीबाट उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-१ का ३० वर्षीय अमितकुमार वर्णवार र बेलौरी नगरपालिका-२ की सितादेवी चौधरी रहेका छन्। विशेष सूचनाको आधारमा प्रहरी नायब निरीक्षक केशवराज जोशीको नेतृत्वमा गरिएको उक्त अपरेसनमा यो पहिलो पटक सुदूरपश्चिम प्रदेशमा ठूलो मात्रामा लागुऔषध खैराे हेराेइन बरामद भएको हो।पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी का

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 557 पटक पढिएको
  • खसीको भनेर बाख्राको मासु बेचेपछि...

    काठमाडौं–खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना गरिएको छ । लहान नगरपालिकाले बजारमा उपभोक्ता ठगी रोक्न अनुगमनलाई तीव्र बनाएको छ । सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा गरिएको बजार अनुगमनमा खसीको नाममा बाख्राको मासु बेच्ने एक पसललाई रु पाँच हजार जरिवाना गरिएको छ ।साथै, लहान बर्गर हाउसले गुणस्तरहीन खानेतेल प्रयोग गरेको भेटिएपछि उक्त पसललाई रु ११ हजार जरिवाना गरिएको उपप्रमुख महतोले जानकारी दिए ।अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, र पत्रकारको सहभागिता रहेको थियो । उपभोक्ताहरूबाट ठगीको गुनासो आएपछि अनुगमनलाई नियमित राखिने बताउँदै, केही पसलहरूलाई सचेत गराइएको नगरपालिकाले जनाएक

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 391 पटक पढिएको
  • भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अपनाउने गृहमन्त्रीको प्रतिबद्धता

    काठमाडौं–गृहमन्त्री रमेश लेखकले सरकार भ्रष्टाचारका विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने कुरा स्पष्ट रहेको बताएका छन् । सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भ्रष्टाचार निवारण र नियन्त्रणका लागि कानुन र विधेयकको प्रस्तुति गरिने बताएका हुन् । गृहमन्त्री लेखकले विधयेक चाँडोभन्दा चाँडो समितिबाट टुङ्गो लगाएर आगामी अधिवेशनमा पूर्णता दिने कुरामा समितिले काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले विधेयकलाई प्राथमिकता दिनुपर्ने र तुरुन्तै पारित गरेर कानुन बनाउनुपर्ने आवश्यकता औंल्याए ।उनले विधेयकलाई आगामी अधिवेशनबाट पूर्ण रूपमा पारित गरेर कार्यान्वयन गर्नका लागि सम

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 449 पटक पढिएको
  • २२१ किलो गाँजासहित युवक पक्राउ

    काठमाडौं– धनुषा, जनकपुर उपमहानगरपालिका-१४ बाबा आयलस सेन्टर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ सय २१ किलो ३८ ग्राम सहित मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको १६ वटा पोकामा रहेको गाँजा फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 620 पटक पढिएको
  • पेस्तोलसहित २४ वर्षीय युवक पक्राउ

    काठमाडौं–काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिबनस्थित खाजा घरबाट पेस्तोल १ थान र खाली म्याग्जिन १ थान सहित दैलेख भगवतीमाई गाउँपालिका-७ घर भएका २४ वर्षीय अनिल खड्कालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी बिट रानिबनबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो। यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 346 पटक पढिएको
  • नयाँबसपार्कबाट पटाका बरामद

    काठमाडौं–काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट प्रहरीले अवैधरुपमा पटाका बरामद गरेको छ। महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कका अनुसार, खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मा पटाका लुकाइछिपाइ ओसारपसार गर्दै गरेको अवस्थामा दुईवटा बोरा चेकजाँच गर्दा काठमाडौँ महानगरपालिका–२९ पुतलीसडक बस्ने २५ वर्षीय न्यूजल कसासहित बरामद गरेको हो।पक्राउ परेका कसासँग प्रहरीले पेन्टा कलेक्सन चार प्याकेट, फ्लोर सर्ट दुई प्याकेट, फ्लाइङ सर्ट तीन प्याकेट, १२ सुट पाँच प्याकेट, ३० सुट सात प्याकेट, ६० सुट दुई प्याकेट, सात कलर सुट आठ प्याकेट र कक्टेल बार दुई प्याकेट बरामद गरेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिलाई आवश्यक

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • 816 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.