काठमाडौं–काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट प्रहरीले अवैधरुपमा पटाका बरामद गरेको छ। महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कका अनुसार, खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मा पटाका लुकाइछिपाइ ओसारपसार गर्दै गरेको अवस्थामा दुईवटा बोरा चेकजाँच गर्दा काठमाडौँ महानगरपालिका–२९ पुतलीसडक बस्ने २५ वर्षीय न्यूजल कसासहित बरामद गरेको हो।

पक्राउ परेका कसासँग प्रहरीले पेन्टा कलेक्सन चार प्याकेट, फ्लोर सर्ट दुई प्याकेट, फ्लाइङ सर्ट तीन प्याकेट, १२ सुट पाँच प्याकेट, ३० सुट सात प्याकेट, ६० सुट दुई प्याकेट, सात कलर सुट आठ प्याकेट र कक्टेल बार दुई प्याकेट बरामद गरेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको जानकारी दिएको छ।