काठमाडौं–कञ्चनपुरमा ११८ ग्राम ३६ मिलिग्राम लागुऔषध खैराे हेराेइनसहित दुई जनालाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय पुनर्वासको संयुक्त टोलीले पुनर्वास नगरपालिका-३ को आईबीआरडीबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-१ का ३० वर्षीय अमितकुमार वर्णवार र बेलौरी नगरपालिका-२ की सितादेवी चौधरी रहेका छन्। विशेष सूचनाको आधारमा प्रहरी नायब निरीक्षक केशवराज जोशीको नेतृत्वमा गरिएको उक्त अपरेसनमा यो पहिलो पटक सुदूरपश्चिम प्रदेशमा ठूलो मात्रामा लागुऔषध खैराे हेराेइन बरामद भएको हो।

OM Sai Pathibhara Hospital

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पुनर्वासले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ।