काठमाडौं– धनुषा, जनकपुर उपमहानगरपालिका-१४ बाबा आयलस सेन्टर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ सय २१ किलो ३८ ग्राम सहित मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको १६ वटा पोकामा रहेको गाँजा फेला पारेको हो। 

OM Sai Pathibhara Hospital

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।