काठमाडौं–खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना गरिएको छ । लहान नगरपालिकाले बजारमा उपभोक्ता ठगी रोक्न अनुगमनलाई तीव्र बनाएको छ । सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा गरिएको बजार अनुगमनमा खसीको नाममा बाख्राको मासु बेच्ने एक पसललाई रु पाँच हजार जरिवाना गरिएको छ ।

साथै, लहान बर्गर हाउसले गुणस्तरहीन खानेतेल प्रयोग गरेको भेटिएपछि उक्त पसललाई रु ११ हजार जरिवाना गरिएको उपप्रमुख महतोले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, र पत्रकारको सहभागिता रहेको थियो । उपभोक्ताहरूबाट ठगीको गुनासो आएपछि अनुगमनलाई नियमित राखिने बताउँदै, केही पसलहरूलाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।