काठमाडौं–गृहमन्त्री रमेश लेखकले सरकार भ्रष्टाचारका विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने कुरा स्पष्ट रहेको बताएका छन् । सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भ्रष्टाचार निवारण र नियन्त्रणका लागि कानुन र विधेयकको प्रस्तुति गरिने बताएका हुन् । 

गृहमन्त्री लेखकले विधयेक चाँडोभन्दा चाँडो समितिबाट टुङ्गो लगाएर आगामी अधिवेशनमा पूर्णता दिने कुरामा समितिले काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले विधेयकलाई प्राथमिकता दिनुपर्ने र तुरुन्तै पारित गरेर कानुन बनाउनुपर्ने आवश्यकता औंल्याए ।

OM Sai Pathibhara Hospital

उनले विधेयकलाई आगामी अधिवेशनबाट पूर्ण रूपमा पारित गरेर कार्यान्वयन गर्नका लागि समितिलाई आग्रह गरे । गृहमन्त्री लेखकले सुशासनको प्रत्याभूति गर्न सरकार भ्रष्टाचार न्यूनीकरणमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।