काठमाडौं–काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिबनस्थित खाजा घरबाट पेस्तोल १ थान र खाली म्याग्जिन १ थान सहित दैलेख भगवतीमाई गाउँपालिका-७ घर भएका २४ वर्षीय अनिल खड्कालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। 

अस्थायी प्रहरी बिट रानिबनबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो। यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।