समाज

    Showing 10,451-10,460 of 11,162 items.
  • शिक्षा मन्त्री श्रेष्ठमाथि कारवाही गर्न माग

    विराटनगर / काठमाण्डौको छुवाछुत प्रकरणको घटनामा संलग्नलाई छुटाउन संघीय सरकारका मन्त्री कृष्णगोपाल श्रेष्ठ नै संलग्न भएको भन्दै प्रदेश १ का दलित अगुवाले विरोध गरेका छन् ।  काठमाण्डौको बबरमहलकी घरधनी सरस्वती श्रेष्ठ र सञ्चारकर्मी रुपमा सुनारबिचको जातीय विभेदको मुद्दामा पक्राउ परेकी प्रधान छुटाउन मन्त्री श्रेष्ठ नै गएको भन्दै दलित अगुवाले विरोध जनाएका हुन् । शनिवार प्रदेश एकका दलित अगुवाको भर्चुअल बैठकमा सहभागिताले रूपा सुनारलाई अन्यायमा पारिएको भन्दै न्याय दिलाउन पनि माग गरेका छन् ।भर्चुअल बैठकमा सहभागि डिबी शाह शंकर, सोमनाथ पोर्तेल, कुमार सिवा, नैन विश्वकर्मा र इन्द्रमाया बराइली लगायतल

    • प्रकाशित मितिः असार १२, २०७८
    • 194 पटक पढिएको
  • बाल गृहदेखि ४ बालक फरार

    विराटनगर / विराटनगर स्थित बाल सुधार गृहबाट चार बालक फरार भएका छन् । गए राती फरार भएका मध्ये प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  शुक्रबार राती सुधार गृहको तीन तलामाथिबाट हाम फालेर भागेका उनीहरु मध्ये एक जनालाई प्रहरीले विराटनगर स्थित दुग्ध विकास आयोजना वरिपरिको क्षेत्रबाट पक्राउ गरेको छ ।फरार भएका मध्ये तीन जना जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका  र एक जना हातहतियार तथा खरखजना मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका भएको बाल गृहका इन्चार्ज मिलन चौहानले जानकारी गराएका छन् ।जबरजस्ती करणी मुद्दामा अदालतको आदेशमा थुनामा रहेका झापाका बिज्याँइकर्ता पक्राउ परेको फरार अन्यको खोजी भइरहेक

    • प्रकाशित मितिः असार १२, २०७८
    • 178 पटक पढिएको
  • इन्द्रावतीको बाढीले बगायो ३ तले घर

    सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले एक घर बगाएको छ । अविरल वर्षाका कारण आएको बाढीले शनिबार बिहान मेलम्ची नगरपालिका –११ स्थित इन्द्रावती नदीको छेउमा रहेको तीन तले पक्की घर बगाएको हो । मेलम्ची प्रहरीका प्रहरी निरीक्षक टिकाराम राईका अनुसार एक साताअघि आएको बाढीबाट जोगिएको उक्त घर निरन्तर परेको वर्षा र कटानका कारण बगेको हो ।  घरपरिवार अन्यत्र स्थानान्तर भइसकेकाले कुनै मानवीय क्षति भने भएको प्रहरी निरीक्षक राईले बताएका छन् । 

    • प्रकाशित मितिः असार १२, २०७८
    • 171 पटक पढिएको
  • भरुवा बन्दुक सहित तिन पक्राउ

    तेह्रथुम / तेह्रथुमको लालिगुराँस नगरपालिका –१ भुल्केबाट तीन थान भरुवा सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही सोही स्थानका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय राम बहादुर गुरुङ रहेका छन् । उनिहरुलाई प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले हिजो दिउसो १ बजे बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो । 

    • प्रकाशित मितिः असार १२, २०७८
    • 152 पटक पढिएको
  • उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

    उदयपुर / उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लि –२ घर भई हाल लिमचुङबुङ ३ दोबाटे स्थित बस्दै आएका २५ वर्षीय उमेश परियार रहेका छन् । परियारको हिजो दिउसो १ बजे बिजुलीको पोलमा चड्दा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

    • प्रकाशित मितिः असार १२, २०७८
    • 122 पटक पढिएको
  • लागूऔषध सहित ३ पक्राउ

    बिर्तामोड / एक नम्बर प्रदेशका छुट्टा छुट्टै ठाउँबाट लागूऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका नगरपालिका –५ पिपल चौकका २९ वर्षीय राम बहादुर निरौला, धरान –९ कि ३० वर्षीया आस्मा खातुन र  धरान २ का ३५ वर्षीया मुन्ना प्रसाद मण्डल रहेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका निरौलालाई बिहीवार दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर ३९ ग्राम र डिजिटल तराजु थान –१ सहित पक्राउ गरेको हो । त्यसैगरी धरानको पुरानो बजारबाट खातुन र मण्डललाई प्रतिबन्धित औषधी स

    • प्रकाशित मितिः असार ११, २०७८
    • 485 पटक पढिएको
  • खोटाङमा रुखबाट लडेर १ को मृत्यु

    खोटाङ / खोटाङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका –१० पामेका ४९ वर्षीय तुल बहादुर मगर रहेका छन् । मगरको आज बिहान ६ बजे भलायोको घाँस झर्ने क्रममा रुखबाट लडी मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार १०, २०७८
    • 132 पटक पढिएको
  • सन्तोषी हत्या प्रकरण : बलात्कार अस्वीकार गर्दा हत्या

    काठमाडौं / सन्तोषी सुब्बा हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २१ वर्षीय सुवास तिमिल्सिना रहेका छन् । अपराध अनुसन्धान महाशाखाको टोलीले तिमिल्सिनालाई काठमाडौंको असनबाट पक्राउ गरेको हो । प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले सन्तोषीलाई बलात्कारको प्रयास गरेको र प्रतिकार गर्दा उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । हत्याका विषयमा भएको अनुसन्धानमा घाँटी थिचेर हत्या गरिएको  र नचिनियोस् भनी अनुहार क्षतविक्षत बनाइएको खुलेको छ ।हत्या आरोपमा पक्राउ परेका तिमल्सिना सिन्धुपाल्चोक चौताराको भएको प्रहरीले जानकारी गराएको छ । अनुशन्धानका क

    • प्रकाशित मितिः असार १०, २०७८
    • 248 पटक पढिएको
  • करेन्ट लागेर १ को मृत्यु

    मोरङ / मोरङको विराटनगर –१५ भट्टाचोकमा करेन्ट लागेर एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल विराटनगर १७ रानी बस्तीमा डेरा बस्ने २५ वर्षीय तावारुल आलम रहेका छन् । तार काट्ने क्रममा मेसिनबाट करेन्ट लागी गम्भिर घाईते भएका आलमको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे १ बजे मृत्यु भएको छ ।उनी निर्माणाधीन बजरङ्गबली मन्दिरमा मजुद काम  गर्थे । 

    • प्रकाशित मितिः असार ९, २०७८
    • 126 पटक पढिएको
  • जातीय बिभेदको आरोपी छुटाउन मन्त्री नै पुगेपछि....(भिडियो सहित)

    काठमाण्डौ / जातीय आधारमा घर भाडामा नदिएको अभियोगमा पक्राउ परेकी काठमाण्डौको बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन संघिय सरकारका मन्त्री कृष्ण गोपाल श्रेष्ठ नै प्रहरी कार्यालय पुगेका छन् ।संचारकर्मी रुपा सुनारले जातीय आधारमा दलीत भएको भन्दै प्रधानले घरभाडामा नदिएको अभियोगमा दायर गरेको मुद्दामा पक्राउ परेकी प्रधान छुटाउन संघिय सरकारका मन्त्री श्रेष्ठ नै प्रहरी कार्यालय गएका हुन् ।सुनारको जाहेरीका आधारमा पक्राउ परेकी प्रधान छुटाउन नेवार समुदायका जातीय संघ–संस्था आन्दोलनमा उत्रिएपछि नेवार समुदायकै काठमाण्डौबासी समेत रहेका मन्त्री श्रेष्ठ पक्राउ परेकी घरधनी प्रधान छुटाउन प्रहरी कार्यालय पुगेका हुन् । प

    • प्रकाशित मितिः असार ९, २०७८
    • 793 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.