काठमाण्डौ / जातीय आधारमा घर भाडामा नदिएको अभियोगमा पक्राउ परेकी काठमाण्डौको बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन संघिय सरकारका मन्त्री कृष्ण गोपाल श्रेष्ठ नै प्रहरी कार्यालय पुगेका छन् ।

संचारकर्मी रुपा सुनारले जातीय आधारमा दलीत भएको भन्दै प्रधानले घरभाडामा नदिएको अभियोगमा दायर गरेको मुद्दामा पक्राउ परेकी प्रधान छुटाउन संघिय सरकारका मन्त्री श्रेष्ठ नै प्रहरी कार्यालय गएका हुन् ।

सुनारको जाहेरीका आधारमा पक्राउ परेकी प्रधान छुटाउन नेवार समुदायका जातीय संघ–संस्था आन्दोलनमा उत्रिएपछि नेवार समुदायकै काठमाण्डौबासी समेत रहेका मन्त्री श्रेष्ठ पक्राउ परेकी घरधनी प्रधान छुटाउन प्रहरी कार्यालय पुगेका हुन् । प्रधान पक्राउको विरोधमा बुधबार काठमाण्डौमा नेवार जाती सम्वद्ध विभीन्न संघ–संस्थाले प्रर्दशन समेत गरेका छन् ।

प्रदर्शनमा उत्रिएका उनीहरूले घरधनीले आफ्नो घरमा कसलाई बस्न दिने नदिने निर्णय गर्न पाउने भन्दै पक्राउ प्रधानलाई रिहा गर्न माग गरेका थिए ।

यसैबिच पक्राउ परेकी प्रधानमाथि मुद्दा चलाउन यथेष्ट प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जाहेरीकर्ता रुपा सुनारको यथेष्ट प्रमाण नभएको भन्दै प्रहरी कार्यालयमा नै  मुद्दा फिर्ता गरिदीएको छ ।

रुपा सुनारले जातीय विभेद गरेको भनेर लगाएको आरोप पुष्टि हुने प्रमाण पुर्याउन नसकेकाले प्रधानलाई सरकारी वकिलको सुझावका आधारमा प्रहरीले रिहा गरेको छ । सुनारको जाहेरीका आधारमा प्रधान तिन दिन अगाडी पक्राउ परेका थिए । छुटाउन प्रहरी कार्यालय पुगेका शिक्षा मन्त्री श्रेष्ठले आफ्नै सरकारी गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्याएका छन् । 

OM Sai Pathibhara Hospital