सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले एक घर बगाएको छ । अविरल वर्षाका कारण आएको बाढीले शनिबार बिहान मेलम्ची नगरपालिका –११ स्थित इन्द्रावती नदीको छेउमा रहेको तीन तले पक्की घर बगाएको हो । 

मेलम्ची प्रहरीका प्रहरी निरीक्षक टिकाराम राईका अनुसार एक साताअघि आएको बाढीबाट जोगिएको उक्त घर निरन्तर परेको वर्षा र कटानका कारण बगेको हो ।  

OM Sai Pathibhara Hospital

घरपरिवार अन्यत्र स्थानान्तर भइसकेकाले कुनै मानवीय क्षति भने भएको प्रहरी निरीक्षक राईले बताएका छन् ।