विराटनगर / काठमाण्डौको छुवाछुत प्रकरणको घटनामा संलग्नलाई छुटाउन संघीय सरकारका मन्त्री कृष्णगोपाल श्रेष्ठ नै संलग्न भएको भन्दै प्रदेश १ का दलित अगुवाले विरोध गरेका छन् ।  

काठमाण्डौको बबरमहलकी घरधनी सरस्वती श्रेष्ठ र सञ्चारकर्मी रुपमा सुनारबिचको जातीय विभेदको मुद्दामा पक्राउ परेकी प्रधान छुटाउन मन्त्री श्रेष्ठ नै गएको भन्दै दलित अगुवाले विरोध जनाएका हुन् । शनिवार प्रदेश एकका दलित अगुवाको भर्चुअल बैठकमा सहभागिताले रूपा सुनारलाई अन्यायमा पारिएको भन्दै न्याय दिलाउन पनि माग गरेका छन् ।

भर्चुअल बैठकमा सहभागि डिबी शाह शंकर, सोमनाथ पोर्तेल, कुमार सिवा, नैन विश्वकर्मा र इन्द्रमाया बराइली लगायतले जातीय बिभेदको घटनामा पीडकलाई सहयोग गर्ने शिक्षामन्त्रीलाई कारबाही गर्न समेत माग गरेका छन् । उनीहरूले विज्ञप्ति जारी गरी शिक्षा मन्त्री श्रेष्ठमाथि कारवाही गर्न माग गरेका हुन् ।

प्रदेश १ मा सकृय  १ सय २० भन्दा बढी दलित सम्वद्ध संघ/संस्था र अगुवाले संयुक्त विज्ञप्ति जारी गरी शिक्षा मन्त्री श्रेष्ठमाथि कारबाही गर्न माग गरेका हुन् ।