मोरङ / मोरङको विराटनगर –१५ भट्टाचोकमा करेन्ट लागेर एक भारतीय मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल विराटनगर १७ रानी बस्तीमा डेरा बस्ने २५ वर्षीय तावारुल आलम रहेका छन् । 

OM Sai Pathibhara Hospital

तार काट्ने क्रममा मेसिनबाट करेन्ट लागी गम्भिर घाईते भएका आलमको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे १ बजे मृत्यु भएको छ ।

उनी निर्माणाधीन बजरङ्गबली मन्दिरमा मजुद काम  गर्थे ।