काठमाडौं / सन्तोषी सुब्बा हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २१ वर्षीय सुवास तिमिल्सिना रहेका छन् । अपराध अनुसन्धान महाशाखाको टोलीले तिमिल्सिनालाई काठमाडौंको असनबाट पक्राउ गरेको हो । 

प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले सन्तोषीलाई बलात्कारको प्रयास गरेको र प्रतिकार गर्दा उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । हत्याका विषयमा भएको अनुसन्धानमा घाँटी थिचेर हत्या गरिएको  र नचिनियोस् भनी अनुहार क्षतविक्षत बनाइएको खुलेको छ ।

OM Sai Pathibhara Hospital

हत्या आरोपमा पक्राउ परेका तिमल्सिना सिन्धुपाल्चोक चौताराको भएको प्रहरीले जानकारी गराएको छ । अनुशन्धानका क्रममा पक्राउ परेका सुरेश र सन्तोषीको पहिलो पटक आईतबार भेट भएको खुलेको छ । घटना भएको दिन दक्षिणकालीको एक वर्कशपमा कार्यरत सुरेश सन्तोषीसँगै दक्षिणकालीतर्फ गएको पाईएको छ । 

पक्राउ परेका सुरेशले दिनभरी सन्तोषी सँगै दक्षिणकालि क्षेत्रमा बसेको स्विकारेको प्रहरीले स्रोतले जानकारी गराएको छ । शारिरीक सम्पर्क गर्न खोज्दा अस्विकार गरेपछि सन्तोषीको हत्या गरी सुरेश बल्खुतर्फ भागेको प्रहरी स्रोतले जानकारी गराएको छ । ।  

काठमाडौँ कालोपुल बस्दै आएकी सामाजिक संजालमा भाइरल सन्तोषी सुब्बाको शव प्रहरीले मंगलबार दक्षिणकाली मन्दिर नजिकको सार्वजनिक शौचालयमा फेला पारेको थियो ।