विराटनगर / विराटनगर स्थित बाल सुधार गृहबाट चार बालक फरार भएका छन् । गए राती फरार भएका मध्ये प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  

शुक्रबार राती सुधार गृहको तीन तलामाथिबाट हाम फालेर भागेका उनीहरु मध्ये एक जनालाई प्रहरीले विराटनगर स्थित दुग्ध विकास आयोजना वरिपरिको क्षेत्रबाट पक्राउ गरेको छ ।

फरार भएका मध्ये तीन जना जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका  र एक जना हातहतियार तथा खरखजना मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका भएको बाल गृहका इन्चार्ज मिलन चौहानले जानकारी गराएका छन् ।

जबरजस्ती करणी मुद्दामा अदालतको आदेशमा थुनामा रहेका झापाका बिज्याँइकर्ता पक्राउ परेको फरार अन्यको खोजी भइरहेको चौहानले जानकारी गराएका छन् ।  

OM Sai Pathibhara Hospital


सङ्खुवासभा, उदयपुर र ओखलढुङ्गाका फरार बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले जानकारी गराएका छन् ।