बिर्तामोड / एक नम्बर प्रदेशका छुट्टा छुट्टै ठाउँबाट लागूऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका नगरपालिका –५ पिपल चौकका २९ वर्षीय राम बहादुर निरौला, धरान –९ कि ३० वर्षीया आस्मा खातुन र  धरान २ का ३५ वर्षीया मुन्ना प्रसाद मण्डल रहेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका निरौलालाई बिहीवार दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर ३९ ग्राम र डिजिटल तराजु थान –१ सहित पक्राउ गरेको हो । 

त्यसैगरी धरानको पुरानो बजारबाट खातुन र मण्डललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ । 

उनीहरूको साथबाट प्रहरीले स्पास्मो प्रोक्स्योभन प्लस –३२४ पत्ता बरामद गरेको छ