समाज

    Showing 10,401-10,410 of 11,162 items.
  • मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित

    काठमाडौँ / हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो ।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए ।   कार्यक्रममा स्वास्थ्यका कारण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका पुत्र यमन श्रेष्ठले सम्मान लिएका थिए । 

    • प्रकाशित मितिः असार २६, २०७८
    • 129 पटक पढिएको
  • बलात्कार आरोपमा काँग्रेस नेता पक्राउ

    रौतहट / कांग्रेसका स्थानीय नेता नागेश्वर कुश्वाहा बलात्कारको आरोपमा पक्राउ परेका छन्।स्थानीय एकजना विवाहित महिलालाई करणी गरेको आरोपमा कुश्वाहा देवाही गोनाही नगरपालिकाबाट पक्राउ परेका हुन्।कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गर्दै अनुसन्धान अघि बढाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् । पीडित महिलालाई जबरजस्ती करणी गरेको मौखिक उजुरीका आधारमा कुश्वाहा माथी थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको ईलाका प्रहरी कार

    • प्रकाशित मितिः असार २६, २०७८
    • 107 पटक पढिएको
  • गणेश सिकाइ केन्द्रद्वारा स्वास्थ्य सामाग्री वितरण

    बिर्तामोड  / झापाको बिर्तामोड नगरपालिका –८ स्थित गणेश सामुदायिक सिकाइ केन्द्रले नगरभित्रका ६ सय घर परिवारलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।केन्द्रले शनिबार आयोजित कार्यक्रमका बीच वडा नं. ७ ,८ र ९ का विपन्न ६ सय घरधुरीलाई कोभिडको  महामारीबाट बच्न र बचाउन सहयोग पुर्याउने उद्देश्यले  स्वास्थ्य सामाग्री वितरण गरिएको  हो ।कार्यक्रममा बोल्दै अध्यक्ष अजय कार्कीले वडा भित्रका  विपन्न परिवारहरूलाई स्वास्थ्य सामग्री प्रदान गरेर केन्द्रले उल्लेखनीय कार्य गरेको बताएका छन् ।  केन्द्रका अध्यक्ष हरि गौतमको अध्यक्षता तथा सचिव विजय तिम्सिनाको सञ्चालनमा सम्पन्न क

    • प्रकाशित मितिः असार २६, २०७८
    • 153 पटक पढिएको
  • उच्च गतिको इन्टरनेट एफटीटीएच सेवा वितरण

    डोटी / जोरायल गाउँपालिका–२ बुडर बजार र सरकारी कार्यालयमा नेपाल टेलिकमले उच्च गतिको तार रहित इनटरनेट सेवा एफटिटिएच सेवा वितरण सुरु गरेको छ। टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गरेको हो । टेलिफोन सेवाबाट फोन, इन्टरनेट तथा ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । जिल्लाका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर, दिपायल तथा सिलगढीमा उक्त सेवा वितरण गरिएपछि यहाँका अन्य बजारमा सेवा वितरण गर्न सुरु भएको छ । यसअघि यो सेवा काठमाडौँमा मात्रै शुरु गएिको थियो । नेपाल टेलि

    • प्रकाशित मितिः असार २६, २०७८
    • 147 पटक पढिएको
  • सर्पको टोकाइबाट नवलपरासीमा बालिकाको मृत्यु

    नवलपरासी / नवलपरासी को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो । सर्पले राति नै डसेको र बिहान मात्रै परिवारले थाहा पाएर ५ बजेको समयमा अस्पताल पु¥याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए । 

    • प्रकाशित मितिः असार २६, २०७८
    • 125 पटक पढिएको
  • आठ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन

    कञ्चनपुर / भीमदत्त नगरपालिका १८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ । रु सात करोड ८९ लाखको लागतमा निर्माण भएको उक्त खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । खानेपानी आयोजना स्थानीय उपभोक्ताले रु एक करोड ४३ लाख रकम व्यहोरेका छन । उक्त आयोजनाबाट पाँच सय बढी बासिन्दा लाभान्वीत भएका छन । आयोजनाका लागि चार सय ५० घनमिटर क्षमताको ओभर हेड टयाङ्की निर्माण गरिएको छ । खानेपानी वितरणका लागि झण्डै ४० हजार मिटर पाइपलाइन बिछ्याउने लक्ष्य लिइएको छ । वडा अध्यक्ष राजेन्द्र पाण्डेयले तत्कालका लागि पाँच सय घरधुरीमा खानेपानीका धारा जडान गरिएको बताएका छन् । उपभोक्ताको आव

    • प्रकाशित मितिः असार २६, २०७८
    • 115 पटक पढिएको
  • फरार अभियुक्त पक्राउ

    बर्दिवास / बर्दिवासमा ज्यान मार्ने अभियोग लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका–४ का शत्रुधन राय यादव रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ।अभियुक्त घटनाको छ महिनापछि पक्राउ परेका हुन् । गत पुस २२ गते बर्दिवास–१ स्थित नेहा खाद्य उद्योगमा कार्यरत कामदार रामधारी चौधरीलाई छुरा हानेर भागेका यादवलाई शुक्रबार (आज) पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।छुरा प्रहारबाट गम्भीर घाइते भएका सर्लाहीको लालबन्दी–३ का स्थायी बासिन्दा चौधरी लामो समयको उपचारपछि निको भएका छन् । यादवले व्यक्तिगत र

    • प्रकाशित मितिः असार २५, २०७८
    • 234 पटक पढिएको
  • निःशुल्क महाप्रस्थान यान सञ्चालनमा

    कैलाली / उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले रु ३० लाखको लागतमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन् । निःशुल्क रुपमा सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक अगुवा शिद्धराज पनेरुलाई सुक्रबार उक्त यानको चाबी हस्तान्तरण भएको छ ।धनगढीमा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजानका लागि महाप्रस्थान यानको नाम दिएर उक्त यान सञ्चालनमा ल्याइएको व्यवसायी हमालले जानकारी दिएका छन् ।पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका आफन्तजनले भोग्दै आएको समस्यालाई मध्य

    • प्रकाशित मितिः असार २५, २०७८
    • 155 पटक पढिएको
  • तनहुँमा पहिरोमा पुरिएको ११ घण्टापछि शव फेला

    तनहुँ / तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ –८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिए । ठूलो पहिरो भएकाले धेरैबेर खोजी गर्दा पनि भेटिएको थिएन । प्रहरी र स्थानीयवासीले बिहानैदेखि खोजी गरे पनि साँझ मात्र शव फेला परेको हो । त्यस्तै बाढीपहिरोले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन् । एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिरोबाट विस्थाप

    • प्रकाशित मितिः असार २५, २०७८
    • 114 पटक पढिएको
  • पानीमा डुबेर वृद्धको मृत्यु

    बिर्तामोड / झापामा पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसतासी नगरपालिका –३ का ७५ वर्षीय नरध्वज लिम्बु रहेका छन् । लिम्बुको सडक किनारमा जमेको पानीमा डुबेर बुधबार बेलुकी मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीका अनुसार उनी हिँडिरहेका बेला चिप्लेर पानीमा डुबेका थिए।लिम्बुले मादक पदार्थ सेवन गरेको र पानीमा लड्दा उनको टाउको डुबेकाले मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए । 

    • प्रकाशित मितिः असार २४, २०७८
    • 117 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.