बर्दिवास / बर्दिवासमा ज्यान मार्ने अभियोग लागेका एक व्यक्ति पक्राउ परेका छन्  पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका४ का शत्रुधन राय यादव रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ

अभियुक्त घटनाको छ महिनापछि पक्राउ परेका हुन्  गत पुस २२ गते बर्दिवास१ स्थित नेहा खाद्य उद्योगमा कार्यरत कामदार रामधारी चौधरीलाई छुरा हानेर भागेका यादवलाई शुक्रबार (आज) पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ

OM Sai Pathibhara Hospital

छुरा प्रहारबाट गम्भीर घाइते भएका सर्लाहीको लालबन्दी३ का स्थायी बासिन्दा चौधरी लामो समयको उपचारपछि निको भएका छन् । यादवले व्यक्तिगत रिसइबीले चौधरीलाई छुरा प्रहार गरेको खुलेको प्रहरी अनुसन्धानले देखाएको प्रहरी निरीक्षक बलिष्टर सिंहले बताएका छन् ।