नवलपरासी / नवलपरासी को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो । 

सर्पले राति नै डसेको र बिहान मात्रै परिवारले थाहा पाएर ५ बजेको समयमा अस्पताल पु¥याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए । 

OM Sai Pathibhara Hospital