बिर्तामोड  / झापाको बिर्तामोड नगरपालिका –८ स्थित गणेश सामुदायिक सिकाइ केन्द्रले नगरभित्रका ६ सय घर परिवारलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

केन्द्रले शनिबार आयोजित कार्यक्रमका बीच वडा नं. ७ ,८ र ९ का विपन्न ६ सय घरधुरीलाई कोभिडको  महामारीबाट बच्न र बचाउन सहयोग पुर्याउने उद्देश्यले  स्वास्थ्य सामाग्री वितरण गरिएको  हो ।

OM Sai Pathibhara Hospital

कार्यक्रममा बोल्दै अध्यक्ष अजय कार्कीले वडा भित्रका  विपन्न परिवारहरूलाई स्वास्थ्य सामग्री प्रदान गरेर केन्द्रले उल्लेखनीय कार्य गरेको बताएका छन् ।  

केन्द्रका अध्यक्ष हरि गौतमको अध्यक्षता तथा सचिव विजय तिम्सिनाको सञ्चालनमा सम्पन्न कार्यक्रमको सहजीकरण अनिल गौतमले गरेका थिए ।  सिकाइ केन्द्रले मास्क, सेनीटाईजर, साबुन लगायतका सामग्रीहरू वितरण गरेको छ ।