कञ्चनपुर / भीमदत्त नगरपालिका १८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ । रु सात करोड ८९ लाखको लागतमा निर्माण भएको उक्त खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । 

खानेपानी आयोजना स्थानीय उपभोक्ताले रु एक करोड ४३ लाख रकम व्यहोरेका छन । उक्त आयोजनाबाट पाँच सय बढी बासिन्दा लाभान्वीत भएका छन । आयोजनाका लागि चार सय ५० घनमिटर क्षमताको ओभर हेड टयाङ्की निर्माण गरिएको छ । खानेपानी वितरणका लागि झण्डै ४० हजार मिटर पाइपलाइन बिछ्याउने लक्ष्य लिइएको छ । वडा अध्यक्ष राजेन्द्र पाण्डेयले तत्कालका लागि पाँच सय घरधुरीमा खानेपानीका धारा जडान गरिएको बताएका छन् ।

OM Sai Pathibhara Hospital

 उपभोक्ताको आवश्यकता हेरी खानेपानीको पाइपलाइन विस्तारको कार्यलाई निरन्तरता दिने उनले बताएका छन् ।