काठमाडौँ / हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ बाट सम्मानित भएका छन् ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो ।

OM Sai Pathibhara Hospital

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए ।   

कार्यक्रममा स्वास्थ्यका कारण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका पुत्र यमन श्रेष्ठले सम्मान लिएका थिए