कैलाली / उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले रु ३० लाखको लागतमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन्  निःशुल्क रुपमा सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक अगुवा शिद्धराज पनेरुलाई सुक्रबार उक्त यानको चाबी हस्तान्तरण भएको छ 

धनगढीमा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजानका लागि महाप्रस्थान यानको नाम दिएर उक्त यान सञ्चालनमा ल्याइएको व्यवसायी हमालले जानकारी दिएका छन् 

OM Sai Pathibhara Hospital

पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि यान सञ्चालनमा ल्याइएको व्यवसायी हमालले जानकारी दिएका छन् 

यान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा हेमराज पन्तले अभियन्ता हमालले महाप्रस्थान यान सञ्चालन गरेर निकै महत्वपूर्ण काम गरेको जानकारी दिएका छन्

महाप्रस्थान यान धनगढी उपमहानगरपालिकास्थित मोहना नदी आर्यघाटगोदावरी नदी आर्यघाटखुटियाकञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ ।