बिर्तामोड / झापामा पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसतासी नगरपालिका –३ का ७५ वर्षीय नरध्वज लिम्बु रहेका छन् । 

लिम्बुको सडक किनारमा जमेको पानीमा डुबेर बुधबार बेलुकी मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीका अनुसार उनी हिँडिरहेका बेला चिप्लेर पानीमा डुबेका थिए।

OM Sai Pathibhara Hospital

लिम्बुले मादक पदार्थ सेवन गरेको र पानीमा लड्दा उनको टाउको डुबेकाले मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए ।